काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले फेरि जाहेरी दर्ता गरेको छ ।
मङ्गलवार जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको प्रारम्भिक जाहेरीमा टाइपिङ त्रुटि भेटिएपछि बुधबार संशोधित पत्र पुनः बुझाइएको अनेरास्ववियुका महासचिव दीपक धामीले बताएका छन् ।
‘पहिलो जाहेरीमा एउटा लाइनमा शब्द मिस्टेक भएको रहेछ, टाइपिङ गर्दा भएको त्रुटि मात्र हो,’ धामीले भने, ‘त्यसैले आज संशोधित पत्र पुनः बुझाएका हौँ ।’
धामीका अनुसार प्रहरीले उक्त संशोधित जाहेरी पनि छानबिनका लागि सम्बन्धित आयोगमा पठाइने जानकारी दिएको छ । उनले भने, ‘प्रहरीले आयोगमा पठाउने तयारी भएको बताएको छ ।’
यसअघि अनेरास्ववियुले बालेन र सुदनविरुद्ध "सामाजिक सद्भाव बिथोल्ने र गैरजिम्मेवार अभिव्यक्ति दिएको" आरोपमा जाहेरी दर्ता गरेको थियो ।
प्रतिक्रिया