नेपालको बलिङ आक्रमणले कुवेत ध्वस्त, ५८ रनको शानदार जित

बुधबार, २२ असोज २०८२

नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कुवेतलाई ८३ रनमै समेटी ५८ रनको फराकिलो जित निकालेको छ।

१४२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कुवेत नेपालका बलरहरू अगाडि टिक्न सकेन। टोली १८.१ ओभरमा १० विकेट गुमाउँदै ८३ रनमै अलआउट भयो।

कुवेतका तर्फबाट क्लिन्टो एन्टोले २६ रन, र यासिन पटेलले १९ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।

सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए, ललित राजबंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट,रोहित पौडेल २ विकेट, सोमपाल कामी, कुशल मल्ल र कुशल भुर्तेलले प्रत्येकी १–१ विकेट लिए।

यसअघि ब्याटिङ गर्दै नेपालले २० ओभरमा १४१ रन बनाएको थियो। 

कुशल भुर्तेलले ५६ बलमा ६६ रनको अर्धशतक, गुलशन झाले ६ बलमा २० रन, दीपेन्द्रसिंह ऐरीले २० रन, र कप्तान रोहित पौडेलले १६ रन जोडेका थिए।

यो जितसँगै नेपालले टी–२० विश्वकप एसिया छनोटको समूह ‘बी’ मा विजयी सुरुवात गरेको छ।

नेपालले अब आफ्नो दोस्रो खेल जापानविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार