पदाधिकारी बैठकको अध्यक्षता पूर्णबहादुरले गर्ने भएपछि कांग्रेसमा असन्तुष्टि

विहीबार, २३ असोज २०८२

काठमाडौं। जेनजी आन्दोलनपछिको नयाँ परिस्थितिका विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। तर पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्।

यसअघि देउवाले नै बैठकको अध्यक्षता गर्ने भनिएपनि अन्तिममा आएर देउवा बैठकमा सहभागी नहुने भएका हुन्।

दिउँसो एक बजे ललितपुरको एक होटलमा बैठक बस्दैछ। जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो।

जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैन। दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।

आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

बैठकमा देउवा सहभागी नहुने भएपछि संस्थापन इतरपक्ष भने असन्तुष्ट बनेको छ। विशेष गरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट बनेको स्रोतले जनाएको छ। देउवाले बैठकको अध्यक्षता गर्न नसक्ने भए कार्यवहाक तोक्नुपर्ने उनीहरुको भनाइ छ।

यतिबेला कांग्रेसभित्र विशेष महाधिवेशन हुनुपर्ने मागसहित महाधिवेशन प्रनिनिधिको हस्तक्षर संकलन गर्ने काम भइरहेको छ। विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्तक्षर गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार