झापामा अमेरिकी नागरिक पक्राउ

शुक्रबार, ११ पुस २०८२

झापा : नेपाल–भारत सीमा नाका भद्रपुरबाट भारततर्फ जान लागेका एक अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भ्रमण भिसाको अवधि समाप्त भइसकेको अवस्थामा यात्रा गर्न खोजेको भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

भद्रपुर नगरपालिका–७ स्थित मेची पुलपारि रहेको सहायता कक्षमा आज दिउँसो सशस्त्र प्रहरी बलको ड्युटी टोलीले नियमित चेकजाँचका क्रममा ३६ वर्षीय अमेरिकी नागरिक मार्क एन्ड्रयु क्युटीलोस्कीलाई रोकेको थियो । भद्रपुर भन्सार नाका हुँदै भारततर्फ जान लागेका क्युटीलोस्कीको भिसा अवधि समाप्त भइसकेको देखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भिसा, साथमा रहेको झोला तथा अन्य कागजपत्रसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार