महेन्द्रनगर : पूर्वराष्ट्रपति डा.रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताएका छन् ।
आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिए । समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा.यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गरे ।
नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताए ।
हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया