सुनसरीमा अज्ञात समूहद्वारा युवकमाथि निर्मम कुटपिट

सोमबार, १० कार्तिक २०८२

सुनसरी : सुनसरीको रामधुनिमा अज्ञात समूहको कुटपिटबाट एक युवा गम्भीर घाइते भएका छन्। 

रामधुनि नगरपालिका–२, शिवचौकमा २४ वर्षीय राज पौडेलमाथि आइतबार राति अज्ञात ७–८ जनाको समूहले अचानक आक्रमण गरेको थियो।

ती समूहका व्यक्तिहरूले पौडेललाई टाउकोमा भाटा र मुक्का प्रहार गरी फरार भएका थिए।

घटनाको सूचना पाए लगत्तै प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनिबाट प्रहरी निरीक्षक सुजन मुदेलको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो।

घाइते पौडेललाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराट मेडिकल कलेज, विराटनगर लगिएको छ।

प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजतलास जारी राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार