झापामा सामान्य विषयमा विवाद भई कुटपिट गर्दा युवकको ज्यान गयो

बुधबार, ०५ कार्तिक २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–५ मा झगडाको क्रममा कुटपिट हुँदा एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय जगन राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ करिब ६ः३० बजे सामान्य विवादपछि राजवंशीमाथि केही व्यक्तिले आक्रमण गरेका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि आफन्तहरूले बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगेका थिए। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अनारमनिबाट घटनास्थलतर्फ खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

“घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ,” झापा प्रहरीका एक अधिकृतले भने, “उनीहरूलाई पक्राउ गर्न खोजी कार्य जारी छ।”

मृतकको शव बिएण्डसी अस्पतालमै राखिएको छ। 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार