सुनसरी : सुनसरीको बर्जू गाउँपालिका–४ टावरचोकका करिब ५२ वर्षीय विजय गुरुङको करेन्ट लागेर मृत्यु भएको छ।
गुरुङ बुधबार बिहान करिब १० बजे धामिना खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा आफैँ करेन्टमा परेर गम्भीर घाइते भएका थिए।
प्रारम्भिक उपचारपछि स्थानीय क्लिनिकबाट थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो।
घाइतेको अवस्था अत्यन्त गम्भीर रहेर बोल्न नसक्ने भएपछि चिकित्सकले उपचार जारी राखेका थिए। तर, दिउँसो करिब २ः२० बजे उपचारका क्रममा उनको मृत्यु भएको कोशी अस्पताल स्रोतले जनाएको छ।
प्रतिक्रिया