सङ्खुवासभा : लामो समयदेखि ‘चेक बाउन्स’ मुद्दामा फरार रहेका अभियुक्त उमेश चौहान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले उनलाई खाँदबारी नगरपालिका–९ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार खाँदबारी–९ का ४७ वर्षीय चौहानले रु.७२ लाख बराबरको बैङ्क चेक बाउन्स गराएको आरोपमा मोरङ जिल्ला अदालतले २०७९ साल असोज ७ गते पक्राउ आदेश जारी गरेको थियो।
अदालतको आदेशअनुसार मोरङ प्रहरीले उनलाई खोजी जारी राखे पनि उनी लामो समयसम्म फरार रहेका थिए।
मोरङ प्रहरीले चौहानलाई पक्राउ गर्न सङ्खुवासभा प्रहरीसँग सहयोग मागेपछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले विशेष टोली परिचालन गरेको थियो।
सोही क्रममा बुधबार चौहानलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पक्राउ परेका चौहानलाई अदालतको आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही अघि बढाइनेछ।
प्रतिक्रिया