काठमाडौं : गत भदौ २४ गते देशभर फैलिएको विध्वंसकारी गतिविधि र जेन–जी आन्दोलनपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाल प्रहरीले ठोस कदम चाल्दै ७६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांश आगजनी, तोडफोड र आपराधिक उपद्रवमा संलग्न थिए।
विवरण अनुसार:
आगजनी, तोडफोड र उपद्रवमा संलग्न: ६३ जना
ज्यान मार्ने उद्योगमा संलग्न: १ जना
अभद्र व्यवहारमा संलग्न: ३ जना
एसएसपी रमेश थापाका अनुसार, भदौ २४ गते तीन प्रहरीको हत्या घटनामा संलग्न ९ जनामध्ये ४ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। बाँकी ५ जनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
उक्त घटनाको मौका पारी कारागारबाट फरार भएका १३२ जना कैदीबन्दी पनि पक्राउ गरिएका छन्। साथै, हराएका केही हतियार समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हतियार लुटपाट, तोडफोड, आगजनी र नक्कली हतियार देखाएर आतङ्क मच्चाउनेहरूमाथि अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया