लायन्स क्लबहरूको संयुक्त एडभाइजरी कमिटी बैठक इटहरीमा, सेवा र विकासका नयाँ सङ्कल्प

सोमबार, ०७ पुस २०८२

इटहरी : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतका दुई क्लब—लायन्स क्लब अफ तरहरा इटहरी र लायन्स क्लब बिजनेस प्रोफेसनलले संयुक्त रूपमा एडभाइजरी कमिटी बैठक आयोजना गरेका छन्।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा सम्पन्न बैठकले लायन्सको सेवा भावना र भावी योजनालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकको सभापतित्व जोन चेयरपर्सन अम्बिकाप्रसाद गुरागाईँले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लायन्स ट्रेनिङ पुल चिफ दुर्गाप्रसाद पौडेल उपस्थित थिए।

कार्यक्रममा दुवै क्लबका अध्यक्षहरूले आफ्ना उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुति दिँदै उपस्थितलाई उत्साहित बनाए। लायन्स क्लब तरहरा इटहरीका अध्यक्ष पवन अधिकारीले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक सेवा कार्यहरूको विवरण प्रस्तुत गरे।

उनले शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षण क्षेत्रमा क्लबले पुर्‍याएको योगदान उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। त्यसैगरी, लायन्स क्लब बिजनेस प्रोफेसनलका अध्यक्ष किरण अधिकारीले क्लबका हालसम्मका उपलब्धिहरू प्रस्तुत गर्दै व्यावसायिक विकास र सामुदायिक सेवालाई जोड्दै क्लबको भूमिका विस्तार गर्ने योजना साझा गरे।

WhatsApp Image 2025-12-22 at 20.40.16

यस अवसरमा सिटिजन क्लबका अध्यक्ष दिवस गौतमले पनि क्लबका गतिविधिबारे जानकारी गराए। उनले स्थानीय समस्यालाई केन्द्रमा राखी सञ्चालन गरिएका राहत तथा विकास कार्यक्रमहरूको चर्चा गरे, जसले उपस्थितहरूलाई थप प्रेरित बनायो।

बैठकमा डिस्ट्रिक्टका प्रमुख पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पब्लिकेशन चिफ मुक्तिनाथ घिमिरे, रिजनचेयरपर्सन भूपराज पुरी, एरिया कोअर्डिनेटर टङ्क फुयाँललगायत लायन्सका नेतृत्वकर्ताहरूले मन्तव्य राख्दै लायन्सको मूल उद्देश्यअनुसार ‘सेवाका हातहरू सधैँ अघि बढाउनुपर्ने’मा जोड दिए। साथै, दृष्टि संरक्षण, भोकमरी न्यूनीकरण र वातावरण संरक्षणजस्ता लायन्सका ग्लोबल कजलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रमुख अतिथि दुर्गा प्रसाद पौडेलले लायन्सका सिद्धान्तअनुसार क्लबहरूलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्ने बताए। उनले आगामी पौष १२ गते इटहरीमा हुने डिस्ट्रिक्टको दोस्रो क्याबिनेट बैठकलाई भव्य र सफल बनाउन सबै क्लबका अध्यक्ष तथा सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। “एकजुट भएर सेवा गर्दा मात्र समाजमा परिवर्तन सम्भव हुन्छ,” उनले भने।WhatsApp Image 2025-12-22 at 20.40.05

बैठकमा एरिया कोअर्डिनेटर गणेश ओली, जोन चेयरपर्सन नारायण सुवेदीलगायत लायन्सका पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार