इटहरी : परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूहले इलाका प्रहरी कार्यालय इटहरीमा मेलमिलाप प्रतिक्षालय वनाएर हस्तान्तरण गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी परिषरमा निर्माण गरिएको मेलमिलाप प्रतिक्षालय एक औपचारिक कार्यक्रमको आयोजना गरि एएसइजेड ले हस्तान्तरण गरेको हो । एएसइजेडले निर्माण गरेको प्रतिक्षालय हस्तान्तरणसंगै उद्घाटन गरिएको छ ।
विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको एएसइजेड ले निमार्ण गरेको प्रतिक्षालय इलका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष हमाललाई हस्तान्तरण गरियो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुको उपस्थिती रहेको सो कार्यक्रममा वोल्दै प्रहरी नायव उपरीक्षक हमालले शान्ति सुरक्षाको प्रत्याभुति गराउने कार्यमा आफुहरु सधै खटिरहेको जानकारी गराएका थिए ।
हस्तान्तरण कार्यक्रममा एएसइजेड स्वयसेवकहरुले आफुहरुले नागरिकको शान्ति सुरक्षामा खटिने प्रहरी कार्यालयमा प्रतिक्षालय वनाएर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको वताए थिए । कार्यक्रममा एएसइजेड स्वयसेवकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया