काठमाडौँ : अमेरिकाबाट दसैँ(तिहार मान्न आएका छोरा बुहारीलाई बाबुले खुकुरी प्रहार गरेका छन् ।
कागेश्वरी मनहरा नगरपालिका९ ५, थलीस्थित भीमबारी टोलमा बुधबार बिहान यस्तो घटना भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् ।
रुबिसको बायाँ हातका चार औँला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।
प्रतिक्रिया