मधेसका सभामुख यादवद्वारा शपथ ग्रहण

आइतबार, ०६ पुस २०८२

महेन्द्रनगरः मधेस प्रदेशसभाको तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज जनकपुरधाममा एक  समारोहबीच यादवलाई सभामुख पदको शपथ गराए । उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिए । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै उहाँको स्वागत गरे । 

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, उपसभामुख बबिता राउत इसर, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका यादवले यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर प्रदेशसभामा सक्रिय भूमिका खेल्दै आएका छन् । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार