इलाम : जिल्लाको माई नगरपालिका–६ मा एक महिलाको शव फेला परेको छ । माई–६ बिहिबारे र माई–१ घण्टेलाई जोड्ने माई खोलाको झोलुङ्गे पुलमुनि उक्त शव भेटिएको प्रहरीले जनाएको छ ।
लोदिया प्रहरी चौकीका इन्चार्ज सूर्य तामाङका अनुसार शव माई–६ की ४८ वर्षीया चन्द्रमाया मगरको रहेको पुष्टि भएको छ ।
तामाङका अनुसार घटनाको कारण खुल्न बाँकी छ । प्रारम्भिक अनुमानअनुसार उनी पुलबाट खसेर वा अन्य कारणले मृत्यु भएको हुन सक्ने बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया