खोटाङमा कुटपिटबाट एक जनाको मृत्यु

आइतबार, ०६ पुस २०८२

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिँगानेमा कुटपिटको घटनामा एक जनाको मृत्यु भएको छ।

सोही ठाउँका पदम रोक्काको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेको आरोप लागेका दिलकुमार भुजेलले कुटपिट गर्दा पुस ६ गते बिहान करिब ११ बजे रोक्काको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि कुटपिटमा संलग्न भुजेललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार