घरायसी विवादमा श्रीमतीको हत्या

बुधबार, २२ असोज २०८२

काठमाडौँ :नुवाकोटमा एक पुरुषले पत्नीको हत्या गरेका छन्।  घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ। अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार