काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते विद्यार्थीहरूको ज्यान गएको घटनाले आफूलाई अति दुखित तुल्याएको बताएका छन् ।
आइतबार सम्पादकसँगको छलफलमा बोल्दै ओलीले सो घटनामा चलेको गोली सुरक्षामा खटिएको प्रहरीको गोली नभएको बताए । २३ गतेको घटना २४ गतेको घटनाको लुटपाट, तोडफोड र आगजनीको पूर्वतयारी स्वरूप भएको बताए । उनले देश आफ्नो मात्रै नभएको बताउँदै देश बिग्रँदा आफूले मात्रै दुःख नपाउने बताए । आफू ७३ वर्षको भइसकेको बताउँदै उनले यो देशमा धेरै बाँच्नु पर्नेले देशको बारेमा चिन्ता गर्नुपर्ने स्पष्ट पारे ।
उनले जेनजीको माग अनुसार नै भ्रष्टाचारको छानबिन गर्न माग गरे । अरूको नभए पनि आफ्नो सम्पत्ति छानबिन गरिदिन उनले आग्रह गरे । त्यो छानबिन नेपाल पत्रकार महासंघ वा सम्पादक समाजले गरिदिए पनि हुने उनले भने । ‘मेरो घरको खरानीको कण–कणको हिसाब गर्नुपर्ने छ’, उनले भने ।
अध्यक्ष ओलीले भ्रष्टाचार र असोज २३, २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउने आग्रह गरे । ‘ओलीले सत्य स्थापित होस् म चाहन्छु सत्य स्थापित होस्’, उनले भने ।
ओलीले पत्रकार हिम्मतिलो जात भएको बताउँदै सत्य बोल्न आग्रह गर्नुभयो । केपी ओलीको विरुद्ध मात्र हिम्मतिलो होइन अपराध गर्नेका विरुद्ध पनि हिम्मतिलो हुन उहाँले पत्रकारलाई आग्रह गरे ।
ओलीले अहिले सबैभन्दा ठुला भ्रष्टाचारीहरूको भ्रष्टाचार विरुद्धको आवाज सबैभन्दा ठुलो भएको उनले दाबी गरे । उनले भ्रष्टाचारको एक दिन छानबिन गर्ने दिन आउने र त्यो चाँडै आउने दाबी गरे । ‘यो चर्का स्वरले दबाउँछु भन्ने ठानेको होला, एक दिन आउँछ, छानबिन गर्ने दिन आउँछ’, उनले भने ।
अध्यक्ष ओलीले आफूले जेनजीसँग छलफल गरेको बताउँदै उनीहरूले आफ्ना आन्दोलन हाइज्याक भएकोले हजुरआमालाई प्रधानमन्त्री बनाइएको बाएका जानकारी दिए । जेनजी आन्दोलनमा भदौ २३ देखिनै घुसपैठ भएको र २४ गते सार्वजनिक र व्यक्तिगत संरचना कोट गरेरै जलाइएको ओलीको भनाइ छ ।
अहिले अपराधरिको खोजी गर्ने र कारबाही गर्ने भन्दा पनि केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सकारकार लागेको उनले बताए । तर आफूलाई पक्राउ गर्ने र दोषी प्रमाणित गर्ने कुनै ठाउँ नभएको उनले दाबी गरे ।
आफू सोझो भए पनि जस जसले जहाँ जहाँ आयोग बनाउँछन्, जहाँ जहाँ बोलाउँछन् त्यहाँ त्यहाँ बयान दिन नजाने ओलीले बताए ।
अध्यक्ष ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएपछि सेनाको सुरक्षामा रहेको र भदौ २७ गतेसम्म मोबाइल सम्पर्क विहीन रहेको ओलीले बताए । आफू सधैँ लोकतन्त्रको पक्षमा रहेको बताउँदै एमालेमा नेतृत्वको कुनै अभाव नभएको स्पष्ट पारे । नेतृत्व गर्ने मानिस नभएर आफू एमालेमा बसिनरहेको उनले बताए । समय र आवश्यकताको मागको आधारमा आफू एमालेको अध्यक्ष भइरहेको उनको धारणा छ ।
आफू रातदिन नभनेर देशका लागि समर्पित भएको दाबी गरे । आफू प्रधानमन्त्री नहोस् भनेर कसैले पूजा गरे हुने बताउँदै जनताले पठाए भने फेरि प्रधानमन्त्री हुने दाबी गरे ।
जनतालाई केपी ओली फेरी फर्केर आउला कि भन्ने डर भए चुनावमा भोट नहाल्ने उनले बताए । त्यसैले केपी ओली फेरि आउला कि भन्ने डर भए जनताले नै बाहिर राख्ने उनले दाबी गरे ।
अध्यक्ष ओलीले अहिलेको अन्तरिम सरकार संविधान अन्तर्गत बनेको सरकार नभएको बताए । जेनजीका नाममा संवैधानिक बाटाे हुँदा हुँदै अहिलेकाे सकार गलत बाटाे हिँडेकाे उनले दाबी गरे ।
केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको हो भनि माओवादी अध्यक्ष प्रचण्डले सफेद झुट बोल्नु भएको पनि उनले जानकारी दिए । आफूले संविधान भित्रबाट उपयुक्त माध्यमबाट आवश्यक कदम चाल्न राष्ट्रपतिलाई सिफारिस गरेको ओलीले दाबी गरे ।
माओवादी अध्यक्ष प्रचण्डले प्रमाण छ भन्दै हिँडेका बताउँदै ओलीले प्रमाण भए सार्वजनिक गर्न चुनौती दिए ।
प्रतिक्रिया