प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच रिट

आइतबार, ०२ कार्तिक २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै आइतबार थप पाँचवटा रिट सर्वोच्च अदालतमा दर्ता भएका छन्।

सर्वोच्च अदालत प्रशासनका अनुसार ती सबै रिट संवैधानिक इजलासमा पेश हुने गरी दर्ता गरिएका हुन्। यसअघि दर्ता भएका ११ सहित हालसम्म कुल १६ वटा रिट निवेदनहरू सर्वोच्चमा पुगेका छन्।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले दर्ता भएका सबै रिटहरू संवैधानिक इजलासमा एकैसाथ पेश हुने जानकारी दिएका छन्। उनका अनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ती रिटहरू संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका छन्।

उक्त रिटहरूमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै संविधानको मर्म र प्रावधानविपरीत भएको दाबी गरिएको छ। अब संवैधानिक इजलासले रिटहरूलाई एकैपटक प्रारम्भिक सुनुवाइका लागि तय गर्ने तयारी गरेको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार