सुन्दरहरैंचाका पूर्वमेयर ढकालको आव्हान,“स्वदेशमै सपना देखौं, सफलताको बीउ यहीँ छ”

आइतबार, ०२ कार्तिक २०८२

सुन्दरहरैंचा : मोरगं जिल्लाको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकाल युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सक्रिय भएका छन्। आइतबार सुन्दरहरैंचा–२ स्थित कोशी युवा कृषि फार्ममा पुगेका ढकालले तिहार लक्षित फूल खेतीको अनुगमन गर्दै स्वदेशमै सपना देख्ने युवाहरुप्रति सम्मान व्यक्त गरे।

ढकालले भने, “विदेशमा मात्र भविष्य छ भन्ने सोच बदलौं, सफलताको बीउ यहीँ हाम्रो माटोमा छ।” उनले युवाहरुलाई स्वदेशमै केही गरेर देखाउने उदाहरण बन्न आग्रह गर्दै स्थानीय उत्पादन र उद्यमशीलतालाई नगर विकासको मेरुदण्डका रूपमा लिने दृष्टिकोण प्रकट गरे।

WhatsApp Image 2025-10-19 at 8.26.22 PM

कोशी युवा कृषि फार्मका युवाहरुले हाल करिब ८ विगाहा क्षेत्रफलमा व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन्। सोही जमिनको उपयोग गर्दै तिहारलाई लक्षित गरी सयपत्री फूल खेती पनि सुरु गरिएको छ। 

ढकालले खेतमा लगाइएका रंगीन फूल र सजीव युवाहरूको उत्साह देखेर प्रशंसा गर्दै भने, “यही हातहरूले शहर उज्यालो बनाउँछन्, यही माटोले रोजगारी र सम्भावना दिन सक्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार