मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

शुक्रबार, ०४ पुस २०८२
मिर्चैया नगरपालिकाले पुनारो अस्पतालको भवनबाट औपचारिक रुपमा सेवा सुरु

सिरहा, :  सिरहाको  मिर्चैया नगरपालिकाले मिर्चैयामा रहेको पुनारो अस्पतालको भवनबाट औपचारिक रुपमा सेवा सुरु गरेको छ । मिर्चैया नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै सेवा दिन थालेको हो । 


जेनजी आन्दोलनका क्रममा मिर्चैया बजारमा रहेको नगरपालिकाको कार्यालयको भवन आगजनी र तोडफोड गरिएको कारण ध्वस्त भएपछि नगरपालिकाको सेवा प्रभावित बन्दै आएको थियो । नगर प्रमुख श्रवणकुमार यादवका अनुसार नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको हो । 


“नगरपालिकाको कार्यालय जलाइएपछि हामी केही समय अन्योलमा प¥यौँ, तर दुःखद र विषम परिस्थितिबीच पनि सम्भावनाको खोजी गर्यौँ । त्यसै क्रममा अस्पतालको यो पुरानो भवन उपयोगी देखियो । पुरानो नगर कार्यालयभन्दा यो भवन झन् फराकिलो र व्यवस्थित छ ।” भन्दै नगरप्रमुख यादवले अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो । नगरपालिकाले भवनको सरसफाइ र सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी कार्यालय सञ्चालनमा ल्याएको जनाइएको छ । 

नगरप्रमुख यादवले हाल नगरपालिकाको नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुईवटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको समेत जानकारी दिए । एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना रहेको उनले सुनाए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार