धरानमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

आइतबार, ०२ कार्तिक २०८२
सांकेतिक फाईल

धरान : धरानमा घरआँगनमै बनाइएको पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका–१९, दिपेन्द्रमार्गकी युमि तामाङ आज आफ्नै घरमा माछा पाल्नका लागि बनाइएको पोखरीमा डुबेर घाइते भएकी थिइन्। उनलाई उद्धार गरी उपचारका लागि तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा लगिएको थियो। तर उपचारको क्रममा करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका डिएसपी भिषणबाबू राईका अनुसार बालिका घरमा खेल्दै गर्दा बिरालोको बच्चा पोखरीमा खसेपछि त्यसलाई निकाल्ने क्रममा उनी सोही पोखरीमा डुबेकी थिइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार