सुन्दरहरैँचामा स्कुटरले साइकललाई ठक्कर दियो, स्कुटरमा सवार महिलाको मृत्यु

शुक्रबार, ०४ पुस २०८२
दुर्घटनामा परेको स्कुटर

विराटनगर : विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचामा आज दिउँसो भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा दिउँसो २ बजेर ४० मिनेट तिर को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको साइकलसंग ठोकिदा घाइते भएकी ६४ वर्षीया जीवनकुमारी श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । 


मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १का ३५ वर्षीय उमेश खत्रीले चलाएको साइकललाई ठक्कर दिएर अनियन्त्रित बनेको स्कुटर नालीमा खस्दा स्कुटरमा पछाडि बसेकी सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ की जीवनकुमारी गम्भीर घाइते भएकी थिइन । स्कुटर चालक ६७ वर्षिय जीवनकुमारीका श्रीमान बुद्धिमान श्रेष्ठ समेत घाइते भएका थिए । उनको हाल नोवेल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठ दम्पतीलाई उपचारका लागि नोवेल अस्पताल गरिएकोमा  जीवनकुमारीको अपरान्ह ४ः२५ बजेतिर मृत्यु भएको समेत  इन्स्पेक्टर न्यौपानेले जानकारी दिएका हुन । दुर्घटनामा साइकल यात्री खत्री भने सकुशल रहेको समेत प्रहरीले जनाएको छ । स्कुटर, साइकल र साइकल यात्री खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान अघि वढाएको जनाइएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार