आज कुकुर तिहार मनाइँदै

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौँ : तिहारको तेस्रो दिन आज घरघरमा भक्तिभावका साथ कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाइँदै कुकुर तिहार मनाइँदैछ।

यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालको भनाइअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सजिलै पार गरिदिने धार्मिक विश्वास छ।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक मान्यता छ। कुकुरलाई निष्ठावान्, आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइँदा यो पर्व निष्ठा, मित्रता र सुरक्षाको प्रतीकका रूपमा मनाइन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार