काठमाडौं। तिहारको दोश्रो दिन कुकुर तिहार हो। कुकुरलाई वफादार, घरपालुवा र चोरी-चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ।
पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ। युधिष्ठिरले सम्पूर्ण पञ्चपाण्डव द्रौपदीसहित बैकुण्ठ जाँदाखेरिको अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले बैकुण्ठ पुगेको किंवदन्तीहरु पुराणहरुमा उल्लेख गरिएको छ। त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ।
अहिले त आर्मी पुलिसहरुमा पनि ककुर पाल्ने र त्यसले अपराध वा अपराधिहरु पत्ता लगाउने गर्दछ। कुकुर तिहारका दिन कुकुरलाई तेल र मालासहित खाना र मिष्ठान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ। अन्य जनावरको तुलनमा कुकुरले मान्छेहरुका लागि गर्ने काम र जिम्मेवारी पनि धेरै भएकाले यसलाई विशेषगरी पुजा गर्ने गरिन्छ।
प्रतिक्रिया