सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न

सोमबार, ०३ कार्तिक २०८२

सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै विद्यार्थीहरूबीच दुई चरणमा आधारित रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ।

पहिलो चरण समूहगत रूपमा र दोस्रो चरण व्यक्तिगत रूपमा सञ्चालन गरिएको थियो।

समूहगत प्रतियोगितामा ६ समूह सहभागी थिए। प्रतिस्पर्धा अत्यन्तै कडा भएको र समूहहरूबीचको फरक मात्र ५–१० अंक रहेको संस्थाका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दिए।

समूह सी प्रथम, समूह ई दोस्रो र समूह ए तेस्रो स्थानमा रह्यो। प्रथम हुने समूह सी का बिजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

दोस्रो चरण “नन-स्टप आन्सर” विधामा समूह सी का बिजयले १६ वटा प्रश्न सही उत्तर दिए। उत्कृष्ट प्रदर्शन गर्दै समूह ई का ब्रिन्दा बास्तोला र दिपिका खड्काले २० प्रश्नको सफल उत्तर दिँदै कम्प्युटर सेट, नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाए।

कार्यक्रमका आयोजक आचार्यले आफ्नो व्यक्तिगत आम्दानीबाट यो प्रतियोगिता सञ्चालन गरेका थिए।

सामाजिक अभियन्ता समेत रहेका उनले शिक्षामा आत्मनिर्भरता र सीपमूलक शिक्षाको महत्त्वमा जोड दिँदै “लाभमुखी होइन, स्वावलम्बी विद्यार्थी उत्पादन नै मुख्य उद्देश्य” रहेको बताए।

संस्थाका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानप्रतिको रुचि वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार