काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लैजाने क्रममा चितवनको भरतपुर हुँदै लगिने भएको छ । भैरहवाको मौसम नखुलेका कारण विमान जान नसकेपछि उनी भरतपुर हुँदै जान लागेका हुन् ।
लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर भैरहवासम्म सडकमार्फत जानेछन् । बिहीबार उच्च अदालत तिलसीपुरको बुटवल इजलास बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालतको आदेशले जिल्ला अदालतको आदेश उल्ट्याएको र यो मुद्दाको सुरू इजलास जिल्ला अदालत रूपन्देही भएकोले उच्चको आदेश जिल्ला अदालतमा पुगेपछि मात्रै उनको रिहाइको प्रक्रिया अगाडि बढ्नेछ । सोहीअनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।
प्रतिक्रिया