निश्चल बस्नेत भन्छन्- ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भए सजाय भोग्न तयार छु

बुधबार, ०५ कार्तिक २०८२

काठमाडौँ : कलाकार तथा निर्देशक निश्चल बस्नेतले आफूले आन्दोलनका क्रममा कतैपनी ढुङ्गा हानेको र आगजनी गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा निश्चल बस्नेत आन्दोलनमा गएको भिडियो सामाजिक सञ्जालमा ट्रोल गरिएपछि यस्तो चुनौती दिएका हुन् ।

उनले आफू आन्दोलनमा गएको, भ्रष्टाचारको विरोध गरेको र आफूसँग फोटो-भिडियो खिच्न आउनेहरूसँग खिचेको बताउँदै आफूमाथि छानबिन गर्न समेत आग्रह गरेका छन् ।

निश्चलले भनेका छन्: 

मैले कतैपनी ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिए कि रोक्दै थिएँ स्पष्ट हुन्छ,  त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु । 

म आन्दोलनमा गएको हो ? हो ! भ्रष्टाचारको विरोध गरेको हो ? हो !  मसँग फोटो भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन? हो !  भिडियोको माथि आफू अनुकूल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार