काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत राजनीतिक र सामाजिक प्रवृत्तिमाथि कटाक्ष गरेका छन् ।
मेयर साहले लेखेका छन् :
“तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो।
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ, काङ्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ!
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ!
लाज लाग्दैन?”
प्रतिक्रिया