दुर्गाको मूर्ति सेलाउने क्रममा मोरङको लोहन्द्रा खोलामा डुबेर युवकको मृत्यु

शुक्रबार, २४ असोज २०८२

मोरङ : मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।

स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह दुर्गा माताको मूर्ति विसर्जनका क्रममा खोलामा पौडी खेल्दै गर्दा डुबेका हुन्।

असोज २२ गते बिहान करिब ११.३० बजेतिर उनी डुबेको जानकारी पाउँदा साथ प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा टोली खटिएको थियो।

स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य सम्पन्न गरी सोनुलाई खोलाबाट निकालेर तत्कालै उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

तर, उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार