दमकमा शव फेला

शुक्रबार, २४ असोज २०८२

झापा  । झापाको दमकमा एक व्यक्तिको शव फेला परेको छ। 

 दमक पशु हाटको नालीभित्र पहिचान नखुलेका मानिसको शव फेला परेको हो  ।  

दमक –७ पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहरामा गाईबस्तुले पानी खाने नालीभित्र शव फेला परेको थियो । अन्दाजी ५०–५५ वर्षका मृतक पुरुषको पहिचान हुन सकेको छैन । 

इलाका प्रहरी कार्यालय दमकबाट टोली घटनास्थल गई थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ ।

मृतकको दाहिनेपट्टिको गालामा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार