इलाम : इलाम नगरपालिका–३ का ५५ वर्षीय गोबरधन गुरुङको आज बिहान शंकास्पद अवस्थामा मृत्यु भएको छ।
बिहान डेरीमा दूध पु¥याएर फर्किएका गुरुङको आफ्नै घरमा मृत्यु भएको हो। घरमा उनी र उनकी ५४ वर्षीया श्रीमती तिलरुपा गुरुङ बस्दै आएका थिए।
मृत्युपछि स्थानीयले गुरुङको शरीरमा चोटपटक देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाम अस्पतालमा शव पोष्टमार्टमका लागि राखिएको छ।
इलाम प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। शरीरमा चोटपटक देखिएकाले हत्या भएको आशंका गरिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया