सरकारले फिर्ता बोलायो ओली र प्रचण्डको अतिरिक्त सुरक्षाकर्मी

विहीबार, २३ असोज २०८२
file pic

काठमाडौँ : सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।

मापदण्डभन्दा बढी सुरक्षा तैनाथ गरेको भन्दै गृहमन्त्रालयले उनीहरूको सुरक्षा घटाउने निर्णय गरेको हो ।

गृहमन्त्री स्तरीय निर्णयअनुसार ओलीको सुरक्षामा रहेका २७ जना र प्रचण्डको सुरक्षामा रहेका ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।

स्रोतका अनुसार अब दुवै नेताको सुरक्षामा सरकारको मापदण्ड अनुसार मात्रै सुरक्षा बल रहनेछ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार