काठमाडौँ । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनै पनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटाभन्दा बढी घर निर्माण गर्दै आएको ‘घरदबार’ले निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो ।
घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुका लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याइएको ‘घरदबार’ले जनाएको छ ।
काठमाडौँको थापाथलीबाट आफ्नो सेवा प्रदान गर्दै आएको ‘घरदबार’ले यो अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन् । घरको डिजाइन सम्पन्न भएर पनि सन्तुष्ट हुन नसकेकाहरूले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरु देखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन् ।
घर निर्माणमा हुने अनावश्यक खर्च घटाउन अपनाउन सकिने उपायबारे ‘घरदबार’ले परामर्श प्रदान गरिने जनाएको छ । घर निर्माण सुरु गरेकाहरूको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहनेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागत सम्बन्धी सम्पूर्ण जनकारी प्रदान गरिने ‘घरदबार’ले जनाएको छ ।
पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।
‘घरदबार’ले एक सय दिनसम्म प्रदान गर्ने यो अफरमा एक सय जनाले परामर्श प्राप्त गर्नेछन् । विशेषगरि लागत विवरण तयार पारि निर्माणको काम गरिरहेका तर चित्त नबुझेका घर निर्माणकर्ताले यो अफरको फाइदा लिन सक्नेछन् ।
प्रतिक्रिया