सिटिजन्स बैङ्कको नाफा दुई प्रतिशतले घटयो

आइतबार, २५ साउन २०८२

काठमाडौँ । सिटिजन्स बैङ्कको नाफा दुई प्रतिशतले घटेको छ । बैङ्कले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २ प्रतिशत कम खुद नाफा गरेको हो ।

बैङ्कले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

बैङ्कको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको कारण नाफा घटेको हो । बैङ्कको वितरणयोग्य नाफा भने ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेप सङ्कलन १२ प्रतिशतले र कर्जा प्रवाह ११ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ ।

हाल बैङ्कको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी  ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार