नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक नासा सेक्युरिटीज

आइतबार, २५ साउन २०८२

काठमाडौं : नासा सेक्युरिटीज नेपाली राष्ट्रिय क्रिकेट टिमको आधिकारिक जर्सी प्रायोजक बनेको छ। नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटीजबीच जर्सी प्रायोजन सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटीजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले हस्ताक्षर गरेका छन्।

क्यानका सचिव पारस खड्काले नासा सेक्युरिटीजसँगको साझेदारी नेपाली क्रिकेटको लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

May be an image of text that says '원국 CAN CAN NAASA SECURITIES NEPAL ม eisar eís mic c'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार