सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः अध्यक्ष प्रचण्ड

आइतबार, २५ साउन २०८२

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट गरेका छन्।

आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सरकार चाहिएको जस्तो अर्थ लगाइने गरेको बताए। “यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई अहिले सरकारमा जाने कुनै सोच छैन,” प्रचण्डले भने।

उनका अनुसार माओवादी केन्द्रले भदौको तेस्रो साताबाट विगतमा स्थगित अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने योजना बनाएको छ। “हाल पार्टीलाई जनताका गुनासा सुन्नतर्फ केन्द्रित गरेका छौँ। ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागेका हौँ,” उनले स्पष्ट पारे।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको दाबी गर्दै प्रचण्डले बैठकका निर्णयहरू कार्यान्वयनमा आउने बताए।

फरक प्रसंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँको काम द्रुतगतिमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार