प्रधानमन्त्रीले भने, 'मल अभाव भएमा खबर गर्नू'

आइतबार, २५ साउन २०८२

काठमाडौं । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर विशेष ध्यान दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । उनका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको छ।

वर्तमानमा कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ, जसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९१५ मेट्रिक टन छ । साल्ट ट्रेडिङ कम्पनीमा भने १३ हजार ७१२ मेट्रिक टन मल छ, जसमा युरिया १०,९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १,७८५ मेट्रिक टन रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई आश्वासन दिदै कतै मलको अभाव महसुस भए सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरेका छन् । “खेतबारी हराभरा बनाऔं” भन्ने उदेश्यका साथ सरकारले मल आपूर्तिमा कुनै कमी नहोस् भनेर योजना बनाएको उनले सामाजिक संजालमा जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार