नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) : गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज भएको भीषण सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रक ले उस्तै दिशामा गइरहेको लु५५प ३१३४ नम्बरको स्कुटर लाई ठक्कर दिएको थियो।
ठक्करपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालक दुबैको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ भने दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया