काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले गरेको छ। सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको रिहाइ सम्बन्धी निवेदन अस्वीकृत गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्। उनले साउन १९ गते आफ्नो भागको बिगोबराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गर्दै रिहा गर्न माग गरेका थिए।
तर, अदालतले उनको निवेदनमाथि सुनुवाइपछि जमानत अस्वीकार गर्दै थुनामा राख्ने निर्णय गरेको हो। यसअघि गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जुन आदेश सर्वोच्च अदालतले समेत सदर गरेको छ।
प्रतिक्रिया