झापा : अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। बाह्रदशी गाउँपालिका–७ डाँगीवारी स्थायी घर भएका चम्लागाईं विगत ३० वर्षदेखि कतारमा बस्दै आएका छन्। उनी यसअघि समाजको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
विश्वभर छरिएका झापालीहरूको साझा संस्था मानिने अन्तर्राष्ट्रिय झापाली समाजको बिर्तामोडमा सम्पन्न पाँचौं अधिवेशनले सन २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो।
समाजको वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा नवीन पोखरेल र चुडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरन खवास, सचिवमा भवानी प्रसाद कोइराला र अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सह–कोषाध्यक्षमा रबिन गिरी चयन भएका छन्।
त्यस्तै, क्षेत्रीय संयोजकको रूपमा मध्यपूर्व कतारबाट केशव कार्की, युरोपको बेल्जियमबाट लोकेन्द्र नेपाल, अष्ट्रेलियाबाट निरञ्जन प्रसाई र अमेरिकाबाट आशीष संग्रैला चयन भएका छन्। उपक्षेत्रीय संयोजकको रूपमा ओमनबाट टीका धिताल, नेदरल्याण्डबाट प्रकाश गिरी र अमेरिकाबाट दिलिप थापा चयन भएका छन्।
प्रतिक्रिया