सुनसरीका प्रहरी प्रमुखको ह्वाट्सएप ह्याक गरी ठगले म्यासेजमार्फत रकम माग्न थालेपछि.....

शनिबार, २५ असोज २०८२

धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको आधिकारिक ह्वाट्सएप नम्बर ९८५२०८५५५५ शुक्रवार राति ह्याक भएको छ।

अन्वेषण योजना तथा विकास शाखाका अनुसार, शुक्रबार राति करिब ८:४५ बजे प्रमुखको ह्वाट्सएप अकाउन्ट नियन्त्रणबाहिर पुगेपछि उक्त नम्बरबाट विभिन्न व्यक्तिहरूलाई सन्देश पठाई रकम माग्ने तथा अन्य अनावश्यक सन्देश पठाउने गतिविधि सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार, “ह्याक भएको अकाउन्टबाट पठाइएका कुनै पनि सन्देशमा विश्वास नगर्नुहोस्। त्यस नम्बरबाट रकम माग्ने वा अन्य अनुरोध आउने सन्देशहरूमा प्रतिक्रिया नदिनुहोस्,” उनले चेतावनी दिएका छन्।

प्रहरीले ह्याकिङसँग सम्बन्धित कुनै पनि शङ्कास्पद गतिविधि वा सन्देश प्राप्त भएमा तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

थप विवरणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडा (मो. नं. ९८५२०५४७२८) सँग सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार