उपभोक्ता संरक्षण ऐन उल्लंघनमा तीन व्यवसायलाई जरिवाना

सोमबार, २६ साउन २०८२

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लंघन गरेको आरोपमा राजधानी र ललितपुरका तीन व्यवसायलाई जरिवाना गरेको छ।

बबरमहलस्थित विभागले आज गरेको अनुगमन निरीक्षणपछि ‘नेपाल लेदर काफ्ट र ‘रोयल क्लास कलेक्शन प्रा. लि.लाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरी व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

त्यसैगरी, ललितपुर महानगरपालिका–५ मा रहेको ‘मेटर्निटी पसल प्रा. लि.’ लाई पन्ध्र हजार रुपैयाँ जरिवाना गरिएको छ।

विभागका अनुसार यी कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अन्तर्गतको विभिन्न उपदफा र सोही ऐनको दफा ३९ अनुसार गरिएका हुन्।

विभागले उपभोक्ताको अधिकार संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन र आवश्यक कानूनी कारबाही अघि बढाइरहने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार