काठमाडौं: यही साउन २७ गते मंगलवारदेखि नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वामानुमान गरिएको छ ।
मौसमविद् बिनोद पोखरेलका अनुसार यही मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना छ ।
सामाजिक सञ्जालमा एउटा भिडियोसहितको जानकारी शेयर गर्दै मौसमविद् पोखरेलले लेखेका छन्– ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।’
आफ्नो एक्स हेण्डलमा शेयर गरिएको भिडियोका बारेमा थप जानकारी दिँदै भनेका छन– ‘प्रकाशित घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्साअनुसार रातो रंग देखाइएका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने जोखिम छ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।’
प्रतिक्रिया