विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीकी आमा शुभकुमारी राजवंशीको ६० वर्षको उमेरमा निधन भएको छ। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार विराटनगर–१४ जतुवास्थित आफ्नै घरमा आइतबार बिहान शुभकुमारीको निधन भएको हो ।
लामो समयदेखि दम र फोक्सोसम्बन्धी रोगबाट पीडित शुभकुमारी उपचार सेवाकै बीच दैनिकीमा सक्रिय रहँदै आएकी थिइन्। छिमेकी राजकुमार विश्वासका अनुसार शनिबार राति औषधि खाएर सुत्न गएकी उनी बिहान छोरी सुमनले उठाउन खोज्दा मृत अवस्थामा भेटिएकी थिइन्।
विश्वासका अनुसार राजवंशीको अन्त्येष्टि सिंघीया खोलामा विधिपूर्वक गरिने तयारी छ। यसका लागि कान्छो छोरा ललित पनि घर आइपुगेका छन्। शुभकुमारीका पति जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर, माइलो छोरा रामकिशोर र छोरी सुमन रहेका छन्।
प्रतिक्रिया