काठमाडौँ: सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी भएको छ।
बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा अनुपस्थित रहेको कारण उनलाई सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको हो।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ।
‘बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको र तपाईँले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईँलाई सशस्त्र प्रहरीको नियमावली अनुसारको कसुरमा विभागीय कारबाही गर्न लागिएको ब्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘तपाईँउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाइ पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’
प्रतिक्रिया