इलामको गोदक टापुमा बाढीपीडितका लागि आपतकालीन आवास निर्माण

शुक्रबार, २४ असोज २०८२

झापा : असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण इलाम नगरपालिका–१०, गोदकस्थित टापु क्षेत्रका करिब ४३ परिवार विस्थापित भएका छन्। घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएपछि ती परिवारहरू अहिले अस्थायी आवासमा बस्न बाध्य भएका छन्।

यस कठिन अवस्थामा RSK Shelter संस्थाले सहयोगका रूपमा चार थान डबल RSK आपतकालीन सेल्टर निर्माण गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरेको छ।

संस्थाको यो पहलले असहाय परिवारहरूलाई तत्काल बसोबासका लागि ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन्।

राहत कार्यमा नेपाली सेनाको टोली मेजर सूर्यबहादुर केसीको नेतृत्वमा श्रमदानमार्फत सक्रिय रूपमा सहभागी भएको थियो।

RSK Shelter का प्रतिनिधि शरद जोशी, भीष्म घिमिरे र विष्णु आचार्यले भने, “हामीले यसअघि पनि जाजरकोट, नलगाड र सर्लाहीमा विपद्का समयमा आपतकालीन टहरा निर्माण गरी सहयोग पुर्‍याएका थियौँ।

यसपटक पनि इलामका प्रभावित दाजुभाइबहिनीहरूका लागि सकेसम्म शीघ्र राहत पुर्‍याउने प्रयास गरेका हौँ,” भन्दै सहयोगको निरन्तरता रहने बताए।

यस क्रममा इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीयवासीहरूले RSK Shelterको यो मानवीय योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गरेका छन्।

WhatsApp Image 2025-10-10 at 06.44.42 (1)WhatsApp Image 2025-10-10 at 06.44.42WhatsApp Image 2025-10-10 at 06.44.43

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार