झापाका बाढी प्रभावितका लागि नेकपा एमाले बाह्रदशीको सहयोग

शुक्रबार, २४ असोज २०८२

झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले बाह्रदशी र राष्ट्रिय युवा सङ्घ नेपाल बाह्रदशीले झापा गाउँपालिकामा बाढी तथा डुबानका कारण प्रभावित परिवारका लागि राहत सामग्री प्रदान गरेका छन्।

सहयोग सामग्री खरिदका लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया र प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलालाई ४७ हजार रुपैयाँ प्रदान गरिएको नेकपा एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार राहत रकम हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, नेकपा एमाले झापाका अध्यक्ष मोहन घिमिरे, युवा सङ्घ झापाका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो।

राहत खरिदका लागि पार्टीका विभिन्न तहका व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा रकम प्रदान गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार