काठमाडौं : २२ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा बसेर पार्टीका २२ वटै जनसंगठनका पदाधिकारी र कार्यकर्तालाई र्याली–जुलुसका लागि तयार रहन निर्देशन दिएका छन् ।
भेलामा ओलीले आफूले विषम परिस्थितिमा नेतृत्व छाड्न नसक्ने र राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुपर्ने तर्क राखेका थिए ।
उनले २५ असोजमा उपत्यका र मुख्य शहरहरूमा मोटरसाइकल र्याली गर्न र तीन दिनभित्र सबै जनसंगठनका उपत्यकास्तरीय भेला अनिवार्य गर्न भनेका छन् ।
उपस्थित नेताका अनुसार, अनेरास्ववियु, किसान महासंघ, महिला संघ, प्रेस चौतारी, राष्ट्रिय जनसांस्कृतिक महासंघ, खेलकुद महासंघ र बुद्धिजीवी परिषद् लगायतका संगठनहरूलाई परिचालन गरी रचनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको थियो ।
प्रतिक्रिया