सुन्दरहरैंचा : स्थानीय फुटबलमा नयाँ शक्ति रूपमा उदाउँदै राष्ट्रिय जागृति क्लब इटहरी ले एनी प्रथम गछिया गोल्ड कप २०८२ को उपाधि आफ्नो नाममा लेखाएको छ। सुन्दरहरैंचाको गछिया मैदानमा सोमबार सम्पन्न फाइनलमा इटहरीले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गर्दै प्रतियोगिताको पहिलो च्याम्पियन बन्न सफल भयो।
प्रतियोगिताले स्थानीय फुटबलमा जोश–जाँगर थपेको बीच इटहरीले सुरुबाटै बलियो खेल प्रदर्शन गर्दै फाइनलमा पनि आफ्नो उत्कृष्टता दोहो¥यायो। खेलको पहिलो हाफमै गरिएको निर्णायक गोल नै जितको आधार बन्यो। तीव्र आक्रमण र संगठित डिफेन्सले गाईघाटलाई बराबरी गोलका कुनै अवसर उपयोग गर्न नदिएको दर्शकहरूको प्रतिक्रिया थियो।
गाईघाटले खेलभरि बराबरीका लागि प्रयास गरे पनि इटहरीका गोलकिपरको निरन्तर सुरक्षित बचाउ र डिफेन्स लाइनको मजबुत समन्वयले स्कोर १–० को स्थितिमा नै रोकियो।
प्रतिक्रिया